केशर महलको अवलोकनमा प्रधानमन्त्री

केशर महलको अवलोकनमा प्रधानमन्त्री
मङ्लबार, फाल्गुन १३, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण भइरहेको केशर महलको अवलोन गरेका छन् ।

भूकम्पले क्षति पुगेको महलको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री निर्माणस्थल पुगेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीले केशर महलको अवलोकन गर्दै यसको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे। पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेखेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।