इरानका स्वास्थ्यमन्त्रीलाई पनि कोरोनाको संक्रमण !

इरानका स्वास्थ्यमन्त्रीलाई पनि कोरोनाको संक्रमण !
मङ्लबार, फाल्गुन १३, २०७६

एजेन्सी- इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ममा कोरोना भाइरस पोजिटिभ देखियो, औषधि लिन सुरु गरेको छु ।’

बीबीसीका अनुसार सोमबार आयोजित पत्रकार सम्मेलनमा उनी पटक–पटक निधार पुछिरहेका देखिन्थे ।

मुलुकमा फैलिँदै गएको भाइरसको रोकथाम र नियन्त्रणका लागि उनी सक्रिय भएर लागेका थिए । सोही क्रममा उनलाई भाइरस सरेको हुन सक्ने बताइएको छ ।