इटालीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु,आवत जावतमा रोक

इटालीमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु,आवत जावतमा रोक
बुधबार, फाल्गुन १४, २०७६

एजेन्सी। इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ। इटालीका स्वास्थ्य अधिकारीहरुले बताए अनुसार सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुकासम्म ३०० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन ।

स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् । कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगित गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।

इटालीका कारण कोरोना भाइरस युरोपका अन्य देशमा पनि फैलिन थालेको बताइएको छ ।