विश्वका जेष्ठ नागरिकको मृत्यु

विश्वका जेष्ठ नागरिकको मृत्यु
बुधबार, फाल्गुन १४, २०७६

एजेन्सी । विश्वका जेष्ठ नागरिकको मृत्यु भएको छ ।

चितेतसु वातानवे नामका जापानिज नागरिकको ११२ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनले ११ दिन अघि मात्रै गिनिज बुक बर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका थिए ।

उनले १२ फेब्रुअरीमा गिनिज बुकको प्रमाणपत्र पाएका थिए । उनलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डको टीमले उनकै निवास निगाटा प्रान्ताको नर्सिङ होममा पुगेर प्रमाणपत्र वितरण गरेको थियो ।

विश्वको सबैभन्दा बृद्ध मानिस भएको प्रमाणपत्र पाएको केहिदिनपछि उनमा श्वासप्रश्वासको समस्या देखा परेको थियो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वातानवेको परिवार स्रोतले जनाएको छ ।

१९०७ मार्च ५ मा एउटा सामान्य किसान परिवारमा जन्मिएका वातानवे २० वर्षको उमेरमा ताइवान छिरेका थिए । त्यहाँ उनले १८ वर्षसम्म सुगर रिफाइनरीमा दोस्रो विश्व युद्धको अन्त्यसम्म काम गरेर त्यसपछि जापन फर्किए ।

यसअघि ११४ वर्षका जर्मनका गुस्ताव जेन्थ विश्वकै जेष्ठ नागरिक थिए । त्यसपछि ११३ वर्षका जापानका मसाजो नोना जेष्ठ नागरिकका रुपमा चिनिएका थिए । त्यसपछिका वातानवे भने ११२ वर्षसम्म बाँचेर विश्वको जेष्ठ नागरिक बन्न सफल भए ।