कार्यकक्षमा सीईओ आएर नाच्न थालेपछि छायो खुसियाली

कार्यकक्षमा सीईओ आएर नाच्न थालेपछि छायो खुसियाली
बुधबार, फाल्गुन १४, २०७६

अफिसमा कार्यालय प्रमुखसँगै नाच्दै हसिमजाक गर्ने रहर कसलाई हुँदैन र ? आफू मातहतका कर्मचारीसँग यस्तै रमाइलो गर्ने एक कार्यकारी प्रमुखको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यहाँ हेर्नुहोस भिडियो 

भारतको बहुचर्चित वेल्सपेन इंडिया लिमिटेडकी सीईओले कार्यालयमा एक रोचक काम गरेकी छिन् । उनको कामलाई धेरैले रुचाए साथै उनी एकाएक भाइरल समेत भइन् । यसरी उनी भाइरल हुनुको पछाडिको काम भने निकै रोचक छ ।

खासमा सबै कर्मचारीहरु कामको चापमा गम्भिर रहेको बेला लिमिटेडकी सीईओ दीपाली गोयन एकाएक शाखामा आइन् । उनीहरुको मनोबल उत्साहप्रद बनाउन कार्यालय भित्र छमछमी नाचेकी छन् ।

दीपाली नाच्नासाथ अन्य सबै उमेरसमुहका कर्मचारी दिल खोलेर नाचेको देखिन्छ । दीपाली गोयनले कार्यालयमा कर्मचारीको बीचमा मुकाबला गीतमा नृत्य गरेकी हुन् ।