पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपा सचिवालको निर्णय

पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने नेकपा सचिवालको निर्णय
बुधबार, फाल्गुन १४, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको जानकारी दिए ।

अब गौतमलाई मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । त्यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको अध्ययन कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ ।

राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनेगरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भएपनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडी नबढाउने निर्णय आजको सचिवालयले गरेको हो । कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट विरोध भएको थियो ।