पर्यटन प्रवद्र्धन गर्न भेरीमा चलाइयो र्‍याफटिङ

पर्यटन प्रवद्र्धन गर्न भेरीमा चलाइयो र्‍याफटिङ
बुधबार, फाल्गुन १४, २०७६

मेगराज खड्का

रुकुम । रुकुम र जाजरकोट सिमामा पर्ने भेरी नदीको प्रचार प्रसार तथा पर्यटन पर्वद्धनका र्‍याफटिङ गरिएको छ ।

नेपाल भम्रण वर्ष २०२० र घुमौं कर्णालीलाई लक्षित गरी कर्णाली प्रदेश सरकार अन्तरगत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदीमा र्‍याफटिङ गरेको हो ।

रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने भेरी नदीमा र्‍याफटिङ गरिएको छ । सानीभेरी गाउँपालिकाको प्रक्रियादेखि चौरजहारीको बाँसखोला सम्म र्‍याफटिङ गरिएको हो ।

नेपाल वर्ष २०२० लाई लक्षित गरी कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदिमा र्‍याफटिङ शुरु गरेको हो ।

नेपाल भम्रण वर्ष २०२० को अवधिमा कर्णाली प्रदेश सरकारले कर्णालीमा एकलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि यसक्षेत्रको आवश्यक पूर्वाधार र सडक विस्तारका लागि पनि कर्णाली प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री महेन्द्रवहादुर शाही भनाई छ ।

कर्णाली प्रदेश बाह्य तथा आन्तरिक पर्यटकका लागि राम्रो संभावना भएको प्रदेश हो । तर कर्णालीका पर्यटकिय क्षेत्रमा पुग्न सडक र अन्य भौतिक पूर्वाधारको विकास अझै हुन सकेको छैन ।

रुकुम पश्चिममा रहेका बिभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, प्रवद्र्धन र पहुँच विस्तारका लागि स्थानीय तथा प्रदेश सरकारहरु लागि परिरहेको जनप्रतिनिधीहरुको भनाई छ ।

भेरी नदीमा शुरु गरिएको चारवटा र्‍याफटिङमा झण्डै ४० जना आन्तरिक पर्यटकले र्‍याफटिङ गरेका हुन् ।