जे प्रियंकाले गरिन् त्यही अपनाएपछि आयुष्मान बने ट्रोलको शिकार ! 

जे प्रियंकाले गरिन् त्यही अपनाएपछि आयुष्मान बने ट्रोलको शिकार ! 
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडौं- सामाजिक सञ्जालमा प्रियंका कार्की र आयुष्मान देशराजको विवाहको चर्चा छ ।  अभिनेता र अभिनेत्रीको विवाहको सामान्य चर्चा हुनु स्वभाविकै हो  । तर आयुष्मान अहिले विवाह भन्दा पनि उनले गरेको शैलीका कारण आलोचनाको शिकार बनेका छन् ।

सामाजिक सञ्जालमा उनको ट्रोल चर्चामा छ । त्यसो त उनले  जेजति चर्चा पाएका छन्, प्रियंका कार्कीसँगको अफेयर र विवाहको खबरले नै पाएका छन्।

पछिल्लो केहीदिन यता आयुष्मान प्रियंकाले जताजता डोर्‍यायो, त्यतैत्यतै हिँडिरहेका छन्। अरूमा त प्रियंकाको नक्कल दर्शकले ठिकै मानेका थिए । ब्याचलर्स पार्टीमा पनि आयुष्मान प्रियंकाले जे गरिन् उस्तै – दुरुस्तै गरेपछि उनी ट्रोलको शिकार बनेका हुन् ।

प्रियंकाले पार्टीमा साथीहरूसँग जे–जे गरेकी थिइन्, आयुष्मानले पनि उही–उही गरे । प्रियंकाले जसरी फोटो खिचाइन आयुष्मानले पनि त्यो नक्कलाई टपक्कै टिपे । उनको यो नक्कलमाथि धेरैले भद्दा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्रोलको ओइरो छ भने टाइमलाइनमा उनका क्रियाकलापलाई ‘चटक’को संज्ञा समेत दिन थालिएको छ ।