नेकपाभित्र विवाद चुलिएका बेला ओलीले भेटे कांग्रेस नेता कोइराला

राजनीतिक बदलावको संकेत

नेकपाभित्र विवाद चुलिएका बेला ओलीले भेटे कांग्रेस नेता कोइराला
बिहिबार, फाल्गुन १५, २०७६

काठमाडौं । सत्तारूढ नेकपाभित्र तिव्र ध्रुविकरण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रधानमन्त्री ओली र नेता कोइरालाबिच झण्डै डेढघण्टा लामो भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीसँगको भेटमा नेता कोइरालाले ओलीलाइ नैतिकताको आधारमा राजिनामा दिन सुझाव दिएको जनाइएको छ ।

भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका विषयमा छलफल भएको बताइएको छ ।