अब पाँच वर्षपछि मात्र १ सय २६ बुद्ध एकसाथ हेर्न पाइने !

अब पाँच वर्षपछि मात्र १ सय २६ बुद्ध एकसाथ हेर्न पाइने !
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं- दिपंकर बुद्ध सम्यक महादान ललितपुरमा पाँच वर्षमा हुने गर्छ। पाँच-पाँच वर्षमा एक पटक गरिने सयौं बुद्ध र दिपंकर बोधिसत्वका प्रतिमाहरु प्राचीन कालदेखि अहिलेसम्मका देखाइने गरिन्छ ।

यस वर्ष पनि बुधबार र बिहीबार ललितपुरको मंगलबारबाट लगेर नागबहालमा १ सय २६ बुद्धका प्रतिमाहरु एक साथ देखाइएका थिए ।

सो मेला हेर्नका लागि हजारौं मानिसहरु सहभागी भएका थिए । यस वर्ष पनि १ सय २६ बुद्धहरु एकै ठाउँमा हेर्ने भक्तजनहरुले अवसर पाए। नेवार-बौद्ध परम्पराअनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरूलाई दान दिने गरिन्छ। त्यस्तै दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरा, आर्यतारालगायतलाई पनि दान दिइन्छ। धर्मवालम्बीहरूले दानमा सहभागिता जनाउनुलाई नै पर्वको विशेषता मानिन्छ।

यो पर्व बिहीबार दिनभर महादान गरि साँझ आ-आफ्नो टोलबाट ल्याइएको बुद्धका मुर्ती बहालमा फर्काइनेछ। अब यो पर्व आगामी पाँच वर्षपछि मात्रै हेर्न पाइनेछ।