नेपालका नेताहरुले न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डाबाट केही सिक्ने कि ?

नेपालका नेताहरुले न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डाबाट केही सिक्ने कि ?
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं- विकसित मुलुकका नेताहरुको जीवनशैली कति सरल हुन्छ भन्ने गतिलो उदाहरण बनेकी छिन्- न्युजिल्याण्डकी प्रधानमन्त्री जेकिण्डा आर्डेन।

अष्ट्रेलिया भ्रमणका क्रममा उनले आफ्नो सामान आफैंले बोकेकी थिइन् । आफ्नो सामान आफैंले बोकेर गाडीमा समेत राखिन् र गाडी हुक्याइन् ।  त्यो काम गर्न उनलाई न त भरिया चाहियो न त सहयोगी नै । उनयो यो कामको चर्चा गर्दै सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर चार्टर गरेर जन्मदिन मनाएको विषय मात्रै नभएर नेपालका नेताहरुले सहयोगीका रुपमा छाता ओढाउनेदेखि खोला तर्दा बोक्नेसम्म मान्छेको व्यवस्था गरेको विषयलाई जोडेर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्चा गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न समेत गरेका छन्- अधिकांश कुरा विदेशी सिको गर्ने नेपाली राजनीतिक दलका नेता तथा उच्च अहोदाका व्यक्तिहरुले सकारात्मक कुरा पनि सिक्ने कि ?