सिरियाले गरेको हवाई आक्रमणमा परि २९ टर्कीस सैनीक मारिए

सिरियाले गरेको हवाई आक्रमणमा परि २९ टर्कीस सैनीक मारिए
शुक्रबार, फाल्गुन १६, २०७६

एजेन्सी । सिरियाले गरेको हवाई आक्रमणमा परि कम्तीमा २९ टर्कीस सैनीक मारिएका छन् । यो आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको टर्कीका अधिकारीहरुले जनाएका छन् ।

हवाई आक्रमणमा सिरियाको शहर इदलिबका कयौँ मानिस घाईते भएको बताईएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएपछि टर्कीले सिरियाली आक्रमणको उत्तर दिएको बताइएको छ ।

इदलिब अहिले विद्रोहीहरुको नियन्त्रणमा रहेको छ र रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ ।

विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको बताइएको छ । गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् ।