हिमालदेखि तराईसम्म मौसम बदली भई वर्षा हुने

हिमालदेखि तराईसम्म मौसम बदली भई वर्षा हुने
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं। पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ भने उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो हिमपात हुनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १७ गते (शनिबार)
दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १८ गते (आईतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।