माईभ्याली गोल्डकपः आयोजक टोली र सिक्किम आमनेसामने हुँदै

माईभ्याली गोल्डकपः आयोजक टोली र सिक्किम आमनेसामने हुँदै
शुक्रबार, फाल्गुन १६, २०७६

इलाम । इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोस्रो प्रि क्वाटरफाइनल खेलमा आज आयोजक माईभ्याली फुटबल क्लब र पाहुना टोली सिक्किम आमने सामने गर्दैछन् ।

यी दुई टोली पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आयोजक टोलीले पछिल्लोपटक चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की ११ माथि ३–२ गोल अन्तरको जित निकालेको थियो।

पाहुना टोलीले यसै महिना भारतकै १५औं सकुुना गोल्डकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

आजको खेल जित्ने टोलीले कोलकता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ।