सुनचाँदीको भाउ आज घट्यो

सुनचाँदीको भाउ आज घट्यो
शुक्रबार, फाल्गुन १६, २०७६

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ भने यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेको छ ।

सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको हो ।यस्तै चाँदी आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।