कोरोनाका कारण जापानका शैक्षिक संस्था बन्द

कोरोनाका कारण जापानका शैक्षिक संस्था बन्द
शुक्रबार, फाल्गुन १६, २०७६

जापान- जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सबै स्कुल सोमबारदेखि बन्द गर्न निर्देशन दिएका छन्। आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् ।

जापान टाइम्सका अनुसार एक-दुई सातापछि त्यहाँका स्कुलमा ‘स्प्रिङ’ बिदा सुरू हुनेछ। संसारभर त्रास फैलाइरहेको कोरोना भाइरसका कारण दिइएको यो निर्देशनले अब जापानका स्कुल अप्रिलको पहिलो सातासम्म बन्दै रहनेछन्।

कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न निर्देशन दिएका हुन् । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोनाभाइरसको संक्रमण रोक्नको लागि देशभरका विद्यालयहरूलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन् ।

जापानमा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले केही हप्ता विद्यालयहरू बन्द गर्न आह्वान गरेका हुन् ।

कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

“सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,” आबेले भने ।

हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ । जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ ।

जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् ।