सरकार नै ढल्ने भएपछि गले ओली, के पाक्यो नेकपामा ?

सरकार नै ढल्ने भएपछि गले ओली, के पाक्यो नेकपामा ?
शुक्रबार, फाल्गुन १६, २०७६

श्रीकृष्ण सुवेदी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको शक्ति संघर्ष थप उत्कर्षमा पुगेको छ । सचिवालयका दुई तिहाई सदस्यहरु एकातिर लागेपछि अत्तालिएका प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक देखिएका छन् ।

नेकपाभित्रको बढ्दो द्वन्द्व समाधान गर्न भन्दै दोश्रो तहका नेताहरुल उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने र अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने विकल्प अघि बढाएका छन् ।

केहि दिन यता चर्किएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको शक्ति संघर्ष थप उत्कर्षमा पुगेको छ । राष्ट्रिय सभामा सरकारको तर्फबाट कसलाई मनोनित गर्ने भन्ने विषयबाट सुरु भएको विवादमा सचिवालयका सदस्यहरु नै विभाजित बनेका छन् । जसको कारण नेकपाभित्रको सक्ति सन्तुलन पनि बदलिएको छ ।

संधै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई साथ दिएका महासचिव विष्णु पोडेलपनि राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने पक्षमा उभिउपछि ओली अफ्ठ्यारोमा परेका छन् । सचिवालयका ९ सदस्यमध्ये ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेललेमात्र साथ दिएका छन् । जसका कारण सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने भनि गरेको निर्णय प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको लागि बाध्यकारी भएको अर्का अध्यक्ष पुष्पकमल दाहालबो भनाई छ ।

तर, प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र उनी निकटका नेताहरु भने राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने अधिकार सरकारको भएकाले पार्टीको निर्णय सैद्धान्तिकमात्र भएको दाबी गरिरहेका छन् । प्रधानमन्त्री ओली आफैं उपस्थित सचिवालय बैठकले गरेको निर्णय विपरित वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नै निरन्तरता दिने अडानमा छन् ।

पछिल्लो समय देखिएको नेकपाभित्रको लडाई वार कि पारको दिशामा अघि बढिरहेको राजनीतिक विश्लेषकहरुको बुझाई छ । नेकपामा सरकार गठन र पार्टी एकतायता प्रधानमन्त्री ओली एकलौटि हानवि हुंदै आएका थिए ।

तर, पछिल्लो केन्द्रीय कमिटि बैठकले पार्टीले सरकारको अनुभुति गर्न नपाएको भन्दै सरकार पार्टीको निर्देशनमा चल्लनुपर्ने निश्कर्ष निकालेपछि नेकपामा पार्टी र सरकारबीचको द्वन्द्व बढेको हो । जसका कारण दोश्रो तहका नेताहरुले पछिल्लो समय देखिएको विवाद समाधानको लागि गौतमलाई नै राष्ट्रिय सभामा पठाउने र अर्थमन्त्री खतिवडालाई आगामि बजेट ल्याउन दिने गरी निरन्तरता दिने मध्यमार्गि उपाय निकालेका छन् ।