इष्टर्न रिजन क्रिकेटः मलेसियाले दियो १ सय ५५ रनको लक्ष्य

सन्दिपको नयाँ किर्तिमान

इष्टर्न रिजन क्रिकेटः  मलेसियाले दियो १ सय ५५ रनको लक्ष्य
शनिबार, फाल्गुन १७, २०७६

काठमाडाैं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेट अन्तर्गत पहिलो खेलमा मलेसियाले नेपालका लागि १५५ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ३ र अभिनाश बोहराले २ विकेट लिए । सन्दीपले मलेसियाको पहिलो विकेट लिएपछि टी २० क्रिकेटमा नेपालबाट १ सय  विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।

खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई पहिले विकेटका रुपमा आउट गरेका थिए ।

त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । उक्त ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् ।नवौँ ओभरमा सन्दीपले नै अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए ।