एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटः नेपालको दोस्रो पराजय

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटः नेपालको दोस्रो पराजय
आइतवार, फाल्गुन १८, २०७६

काठमाडौं- एसीसी इस्टर्न रिजन  टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

ब्याटिङ कमजोर हुँदा नेपालले एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको हो । थाइल्याण्डमा जारी प्रतियोगिताको दोस्रो खेलमानेपाल हङकङसँग ४३ रनले पारजित भएको हो ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा  नेपाल १ सय ११ रन मै समेटिएको हो ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए । वासिफ २६ रनमा आउट भए ।

यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।