कोरोनाभाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना

कोरोनाभाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना
फाइल तस्वीर
आइतवार, फाल्गुन १८, २०७६

काठमाडौं- कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पतालमा ४ जना भर्ना भएका छन् ।

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
भर्ना गरिएका एकजना चीन तथा तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली रहेको अस्पतालले जनाएको छ ।

शनिबार र आइतबार गरेर चार जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जानकारी दिएको छ । शनिबार एकजना अस्पताल भर्ना भएका थिए । उनी चीनबाट फर्किएका व्यक्ति हुन् ।

आइतबार कोरियाबाट आएका तीनजना भर्ना गरिएको अस्पतालका डा. अनुप बास्तोलाले जानकारी दिए ।