म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिदा टोट्टनहाम वुल्भ्ससँग पराजित

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिदा टोट्टनहाम वुल्भ्ससँग पराजित
सोमवार, फाल्गुन १९, २०७६

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको छ। म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिदा टोट्टनहाम वुल्भ्ससँग पराजित भएको छ । अर्को खेलमा टोट्टनहाम वुल्भ्ससँग ३–२ गोलले पराजित भएको छ।

यनाइटेड र एभर्टनबीचको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता एभर्टनले लिएको थियो ।

एभर्टनका डोमिनिक कलभर्ट लेविनले खेलको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीको आशा जगाएका थिए। ३१औं मिनेटमा ब्रुनो फनान्डेजले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे ।

बराबरीसँगै युनाइटेडले २८ खेलबाट ४२ अंक बनाएको छ । युनाइटेड पाँचौ स्थानमा छ । ३७ अंक बनाएको एभर्टन ११औं स्थानमा छ ।