कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित

कोरोना प्रभाव : एभरेस्ट प्रिमियर लिग स्थगित
बिहिबार, फाल्गुन २२, २०७६

काठमाडौ । आगामी चैत १ गतेदेखि शुरू हुन लागेको एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ ।

कोरोनाको संक्रमण बढ्न लागेपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा प्रतियोगिता स्थगित गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणको रोकथाम गर्न भन्दै सरकारले ठूलो संख्यामा मानिस जम्मा हुने सभा सम्मेलन तथा खेल प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गर्ने जनाइएको छ ।