एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले आज सिङ्गापुरसँग भिड्दै

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले आज सिङ्गापुरसँग भिड्दै
शुक्रबार, फाल्गुन २३, २०७६

काठमाण्डौ । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले आज अन्तिम खेलमा सिङ्गापुरसँग भिड्दै छ । अहिलेसम्म तीन वटा खेल खेलेको नेपालले दुईमा पराजित र एक खेलमा मात्रै जित निकालेका छ ।

जसका कारण नेपालको शीर्ष दुईमा रहँदै एसिया कपको छनोट खेल्ने यात्रा भने टुङ्गिएको छ । यसअघि नेपाल मलेसिया र हङकङसँग पराजित भएको थियो भने घरेलु टोली थाइल्याण्डलाई भने पराजित गरेको थियो ।