मेस्सीको गोलमा बार्सिलोना शीर्ष स्थानमा

मेस्सीको गोलमा बार्सिलोना शीर्ष स्थानमा
आइतवार, फाल्गुन २५, २०७६

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गएको हो । खेलको ८१ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँग बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।