होलीमा रोमान्टिक बने अनमोल र सुहाना (फोटो फिचर)

होलीमा रोमान्टिक बने अनमोल र सुहाना (फोटो फिचर)
मङ्लबार, फाल्गुन २७, २०७६

काठमाडौं- यो वर्ष कोरोना भाइरसको त्रासले होलीको खासै उल्लासमय बनेन ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि गृहमन्त्रालयले भीडभाड नगर्न आग्रह समेत गरेको थियो भने चिकित्सकहरुले चिसो पानी र रङ्गमा नखेल्ने सुझाव दिएका थिए ।     

नेपाल चलचित्र सङ्घले पनि एक विज्ञप्ति सार्वजनिक गर्दै हाल छायाङ्कन भइरहेको चलचित्रहरूलाई सुटिङ रोक्न अनुरोध गरे पनि झरना थापा निर्देशित ए मेरो हजुर ४ को छायाङ्कन रोकिएको छैन । अनमोल केसी र सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारहरू यति बेला चलचित्र छायाङ्कनमै व्यस्त छन् ।

दशैमा प्रदर्शन मिति घोषणा गरेको चलचित्र ए मेरो हजुर ४ टिमले सुटिङ सेटमै होली मनाएका छन् ।