अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतिलाई नै कोरोनाको संक्रमण

अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतिलाई नै कोरोनाको संक्रमण
बिहिबार, फाल्गुन २९, २०७६

एजेन्सी- अस्ट्रेलियन नायक टम ह्यान्क्सको दम्पतिलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र आफ्नी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

सामान्य रुघाखोकीको लक्षण देखिएपछि  स्वास्थ्य परीक्षण गराउँदा दम्पतिलाई नै कोरोना भाइरस संक्रमण देखिएको जनाएका छन् ।

यसबारे थप जानकारी गराइरहने उनले जानकारी दिएका छन्। ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए।

अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने १ सय ३९ जना संक्रमित भएका छन् ।