आहा रारा गोल्डकपः फाइनल प्रवेशका लागि आज आर्मी र मनाङबीच प्रतिष्पर्धा

आहा रारा गोल्डकपः फाइनल प्रवेशका लागि आज आर्मी र मनाङबीच प्रतिष्पर्धा
बिहिबार, फाल्गुन २९, २०७६

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल ३ बजे पोखरा रंगशालामा हुनेछ । आज विजयी हुने टोलीले उपाधिका लागि चैत १ गते नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसले भने हिजो भएको खेलमा थ्रीस्टारलाई ३–० गोलले पराजित गर्दै फाइलनमा स्थान पक्का बनाएको हो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।