अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओलीको भावुक बनाउने तस्विर

अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओलीको भावुक बनाउने तस्विर
शुक्रबार, फाल्गुन ३०, २०७६

काठमाडौं । दोस्रोपटक मृगाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि सरकारी निवास वालुवाटारमा पुगेका छन् ।

गत फागुन १९ गते अस्पताल भर्ना भएका ओली १२ दिनको अस्पताल बसाइपछि बालुवाटार पुगेका हुन् । प्रत्यारोपित मिर्गौलाले राम्रोसँग काम गरेको र प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि आए  प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पताल जाने बेलामा बुबासँग आशिर्वाद लिएर अस्पताल पुगेका ओलीले अस्पतालबाट फर्किएपछि पनि बुबाको आशिर्वाद लिएको फोटो सार्वजनिक भएको छ ।