कोरोना त्रास : भारतका सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित

कोरोना त्रास : भारतका सबै घरेलु क्रिकेट प्रतियोगिता स्थगित
आइतवार, चैत्र २, २०७६

एजेन्सी– कोरोना भाईरसको महामारीका कारण सम्पुर्ण खेल जगत प्रभावित छ । प्रतियोगिताहरु लगातार रद्व भईरहेका छन् ।

विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगित गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय सिरिज समेत रद्व गरिसकेको छ ।

सो खेल मार्च १५ मा लखनउ र मार्च १८ मा कोलकतामा हुने तय भएको थियो । लगत्तै बीसीसीआईले सम्पुर्ण घरेलु प्रतियोगिता समेत रोकिदिएको छ ।

कोरोनाको प्रभावलाई हेरेर बीसीसीआईले सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिदिएको हो ।

रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगित गरिएको छ ।

ईरानी कपसंगै सिनियर महिला एकदिवसीय नकआउट, विज्जी ट्रफी, सिनियर महिला एकदिवसीय च्यालेन्जर, महिला अन्डर–१९ एकदिवसीय नकआउट, महिला एकदिवसीय अन्डर–१९, टी–२० लिग, सपुर लिग र नकआउट, महिला अन्डर–१९ टी २० च्यालेन्जर ट्रफी, महिला अन्डर–२३ नकआउट, महिला अन्डर–२३ एकदिवसीय च्यालेन्जर जस्ता प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको बीसीसीआईले जनाएको छ ।