कोरोनाबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु

कोरोनाबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु
मङ्लबार, चैत्र ४, २०७६

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ।

भाइरसको लक्षण देखिएपछि अस्पताल गएका उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै १६२ देशमा यो भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसका कारण स्पेनमा २४ घण्टामा थप ४८ जनाको ज्यान गएको छ।