कारोनाका कारण एक बर्ष सर्यो कोपा अमेरिका कप

कारोनाका कारण एक बर्ष सर्यो कोपा अमेरिका कप
बुधबार, चैत्र ५, २०७६

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण कोपा अमेरिका फुटबल यो बर्ष नहुने भएको छ ।

सन् २०२० को आउँदो जुन १२ देखि तय भएको प्रतियोगिता कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर एक वर्ष पछि सारिएको हो ।

प्रतियोगिता अब सन् २०२१ मा मात्र हुनेछ । तर त्यसको मिति भने सार्वजनिक गरिएको छैन ।