कोरोना प्रभाव : फ्रेन्च ओपन टेनिसको खेलतालिका परिवर्तन

कोरोना प्रभाव : फ्रेन्च ओपन टेनिसको खेलतालिका परिवर्तन
बुधबार, चैत्र ५, २०७६

काठमाडौँ–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दे फ्रेन्च ओपन टेनिसको खेल तालिका परिवर्तन भएको छ ।

आउँदो मे २४ बाट सुरु हुने फ्रेन्च टेनिस प्रतियोगिता चार महिना पर सारिएको छ।

अब नयाँ तालिका अनुसार प्रतियोगिता सेप्टेम्बर २० देखि अक्टुवर ४ सम्म हुनेछ।

पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट युरोपेली मुलुकहरू प्रभावित बनिरहँदा अप्रिल २० सम्मका लागि विश्वका सम्पूर्ण व्यवसायिक टेनिस गतिविधिहरू स्थगित गरिसकिएको छ।