यूवा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्ः डब्लूएचओ

यूवा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्ः डब्लूएचओ
शनिबार, चैत्र ८, २०७६

काठमाडौं। डब्लूएचओले बालबालिका र बृद्धबृद्धा मात्र नभएर युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले सचेत रहन चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न आग्रह गर्दैै बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ ।

कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुने र युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने अफवाह फैलिइरहेको बेला डब्लुएचओले यस्तो चेतावनी आएको हो ।

डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले अनलाइन कन्फ्रेन्स मार्फत चेतावनी दिँदै कोरोना भाइरसले यूवाहरूलाई पनि एक हप्तामै अस्पताल पु¥याउन  सक्ने बताए।

डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार बढीको मृत्यु भइसकेको छ भने साढे दुई लाख बढी संक्रमित भइसकेका छन् ।