मणिपाल शिक्षण क्याम्पसमा १५० शैयाको क्वारेन्टाइन बनाइँदै

मणिपाल शिक्षण क्याम्पसमा १५० शैयाको क्वारेन्टाइन बनाइँदै
आइतवार, चैत्र ९, २०७६

काठमाडौं। कोरोना भाइरसको जोखिम न्यूनीकरणकालागि मणिपाल शिक्षण क्याम्पसको भवनमा ‘क्वारेन्टाइन’ सञ्चालनमा ल्याइने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित भवनको जनकपुरधाम उपहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितका सुरक्षा निकायका प्रमुख र विज्ञको टोलीले सो प्रयोजनका लागि टोलीले उपयुक्त ठहर गरेको हो ।

भवनमा १५० जनासम्म राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्थापन गर्ने नगरपालिकाले जानकारी दिएको छ । जाँचका क्रममा शङ्कास्पद बिरामी फेला परेमा क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ ।

प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक डा विजयकुमार झाका अनुसार बस्तीभन्दा टाढा भएकाले सो स्थान उपयुक्त ठहर गरिएको हो।