वीरगञ्जका शिव रुंगटालाई कोरोना संक्रमणको आशंका, परिवार सेल्फ आइसोलेशनमा

वीरगञ्जका शिव रुंगटालाई कोरोना संक्रमणको आशंका, परिवार सेल्फ आइसोलेशनमा
आइतवार, चैत्र ९, २०७६

पर्सा । वीरगञ्जका उद्योगी शिव रुगटालाई कोरोना संक्रमणको आशंकापछि उनका परिवारका सबै सदस्यलाई सेल्फ आइसोलेशनमा राखिएको छ ।

भर्खरै मिर्गौला प्रत्यारोपण गरिएका रु‌ंगटालाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उपचारका लागि भारतको पटना पुगेका छन् ।

पटनामा उनलाई कोरोना भएको हो कि हैन भनेर पीसीआर परिक्षणका लागि आवश्यक परीक्षण गरिएको छ । तर त्यसको रिपोर्ट आउन अझै ५/६ घण्टा लाग्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘पीसीआर टेष्टको नतिजा आउन ५र६ घण्टा लाग्छ । हाम्रो वीरगज्जको जनस्वास्थ्य प्रशासक अरुण महतोले विरामीको घरमै पुगेर सूचना दिइसक्नुभयो । बाहिर आएजस्तो सूचना हैन । तथापी विरामीका घरका अरु मानिसलाई सेल्फ क्वारेन्टाइनमा बस्नोस भनिएको हो । त्यहाँ आसपास अरु पनि छन् कि भनेर खोजिएको हो । कोरोना अझै हैन ।’

आइतबार राति ८ बजेसम्म रुगटाको स्वास्थ्य परीक्षणका नतिजाको रिपोर्ट आइनसकेको उनको उपचार भइरहेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले विभिन्न सञ्चारमाध्यमहरुलाई जानकारी दिएको सूचना सार्वजनिक भएको छ ।