काठमाडौंमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखियो, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौंमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखियो, टेकु अस्पतालमा उपचार हुँदै
सोमवार, चैत्र १०, २०७६

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो विरामी भेटिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते फ्रान्सबाट फर्केका १९ वर्षीय एक युवतीमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको आकस्मिक पत्रकार सम्मेलनमा संक्रमित नेपालीको जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए

प्रवक्ता सापकोटाका अनुसार संक्रमित विरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

उनी चढेर आएको जहाज रहेका सबैलाई सरकारले क्वारेन्टान्मा राख्ने तयारी गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।