कोरोनाको विश्वव्यापी प्रभाव : संक्रमितमध्ये एक लाख बढि उपचारपछि निको

कोरोनाको विश्वव्यापी प्रभाव : संक्रमितमध्ये एक लाख बढि उपचारपछि निको
सोमवार, चैत्र १०, २०७६

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिने क्रम रोकिएको छैन । नेपालमा समेत एकजनामा कोरोना भाइरस देखिएको छ ।

फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोना भाइरसको संक्रमणको जानकारी दिने वल्डमिटरका अनुसार संसरभरी केहीबेरअघिसम्म ३ लाख ४१ हजार संक्रमित रहेका छन् । जसमध्ये १४ हजार बढिको मृत्यु भएपनि ९९ हजारभन्दा बढिलाई भने निको भएको छ ।

तथ्याङ्कअनुसार ३ लाख ४१ हजार २ सय ८८ जना अहिले संसारभरी संक्रमित भएका छन् भने १४ हजार ७ सय ४६ जनाको मृत्यु भएको छ । तर ९९ हजार ९९ जना संक्रमितको उपचारपछि निको भइसकेको छ ।

उपचारका क्रममा रहेका २ लाख २७ हजार ५ सय बढिको अबस्था चिन्ताजनक नरहेको देखिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसका कारण चीनमा ८१ हजार ९३ जनामा संक्रमण देखिएको र ३ हजार २ सय ७० जनाको मृत्यु भएपनि ७२ हजार ७ सयभन्दा बढि निको भएर घर फर्किएका छन् ।