मंगलबारबाट नेपाल पूर्ण रूपमा लकडाउन गर्ने सरकारको निर्णय

मंगलबारबाट नेपाल पूर्ण रूपमा लकडाउन गर्ने सरकारको निर्णय
सोमवार, चैत्र १०, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक भोलि विहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द गर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारी तथा सार्वजनिक कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सवारी साधानमा रोक लगाउने, आन्तरिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।