कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा एक युवा चिकित्सकको मृत्यु

कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा एक युवा चिकित्सकको मृत्यु
मङ्लबार, चैत्र ११, २०७६

एजेन्सी । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणका कारण पाकिस्तानमा एक युवा चिकित्सकको मृत्यु भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राति सामान्य अवस्थामा सुतेका उनलाई बिहान अचेत भेटिएपछि अस्पताल पु¥याइएको थियो । त्यहाँ उनको परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण भएको थाहा भएको थियो ।

भ्यान्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।  सँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।