चितवनको कोरोना विषेश अस्पतालमा उपचाररत एकजनाको मृत्यु

चितवनको कोरोना विषेश अस्पतालमा उपचाररत एकजनाको मृत्यु
मङ्लबार, चैत्र ११, २०७६

चितवन । रुघाखोकीसँगै उच्च ज्वरो आएपछि चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज घर भएका ३० वर्षीय युवक चितवन मेडिकल कलेजमा उपचाररत थिए । तर उनलाइ उच्च ज्वरो र रूघाखोकी देखिएपछि कोरोना संक्रमणको आशंकामा केही दिन अगाडि कोरोना विशेष अस्पतालमा रेफर गरी आइसोलेसन वार्डमा राखिएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनको नमूना समेत संकलन गरिएको थियो । संकलन गरिएको नमूना सोमबार काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण रहे नरहेको विषयमा भने पुष्टि हुन बाँकी छ ।