लकडाउनको दोस्रो दिन पनि काठमाडौंका सडक सुनसान

लकडाउनको दोस्रो दिन पनि काठमाडौंका सडक सुनसान
बुधबार, चैत्र १२, २०७६

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि हिजोदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेसँगै काठमाडौं सुनसान बनेको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न ‘लकडाउन’ गरिएसँगै काठमाडौं सुनसान बनेको हो । लकडाउनको दोस्रो दिन आज पनि काठमाडौंमा छिटफुट सवारी साधन मात्र चलेका छन् । त्यो पनि अत्यावश्यक मात्र । प्रहरीले सुरक्षा व्वयस्था कडा बनाएको छ ।

सडकमा मानिसहरु हिडेका छैनन् । अत्यावश्यक कामका लागि हिडेका मानिसहरुलाई पनि प्रहरीले सोधपुछ गरेर अवस्था हेरी गन्तव्यमा जान दिएको छ । अन्यथा सवैमा लगाइएको छ ।

सडकमा अत्यावश्यकीय सवारी साधन ट्यांकर, प्रेसका गाडी, एम्बुलेन्स मात्र चलेका छन् ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको छ ।