मजदुरलाई जनही पाँच हजार दिने केजरीवालको घोषणा

मजदुरलाई जनही पाँच हजार दिने केजरीवालको घोषणा
बुधबार, चैत्र १२, २०७६

एजेन्सी।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

कोरोना भाइरसका कारण काम गुमेका सबै मजदुरलाई राहत स्वरूप सो रकम दिने केजरीवालले घोषणा गरेको भारतीय सञ्चार माध्यमले बताएका हुन्।

दिल्ली बिल्डिङ एन्ड अदर कन्स्ट्रक्सन वर्कर्स बोर्ड मा दर्ता भएका करिब ४ लाख मजदुरले राहत पाउने बताइएको छ।

अन्य ज्याला मजदुरी गर्नेलाई भने भारत सरकारले कुनै राहतको प्याकेज घोषणा गरेको छैन ।