बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि कोरोना देखियो

बलिउड गायिका कनिकाको दोस्रो परीक्षणमा पनि कोरोना देखियो
बुधबार, चैत्र १२, २०७६

एजेन्सी- बलिउड चर्चित गायिका कनिका कपुरको दोस्रो पटकको कोरोना परीक्षणमा पनि नतिजा पोजेटिभ देखिएको छ ।

गत साता उनको स्वास्थ्य परीक्षण गर्दा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

कनिकामा पहिलो पटक कोरोनाको संक्रमण भएको पाइएपछि उनलाई भारतको उत्तर प्रदेशस्थ्ति संजय गान्धी पोष्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालको आइसोलेसनमा राखिएको थियो।

अहिले पनि उनको त्यहीँ उपचार भइरहेको छ । सोमबार दोस्रो पटक परीक्षण गर्दा कोरोना भाइरस पोजोटिभ देखिनु केही गम्भीर भएको जनाइको छ।

उत्तर प्रदेश सरकारले कनिका कपुरलाई कोरोना संक्रमण भएको विषयलाई गम्भीरताका साथ लिएको छ।

कनिका माथि आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाएको आरोप लगाइएको छ ।  जसका कारण अरुलाई पनि कोरोनाको संक्रमण फैलिन सक्ने खतरा रहेको जनाइएको छ ।