नेपालमा अर्को एकजनामा देखियो कोरोना संक्रमण, चैत ६ गते यूएईबाट नेपाल आएको पुरूषमा देखियो संक्रमण

नेपालमा अर्को एकजनामा देखियो कोरोना संक्रमण, चैत ६ गते यूएईबाट नेपाल आएको पुरूषमा देखियो संक्रमण
बुधबार, चैत्र १२, २०७६

काठमाडौं । काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण रहेको भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको एकजना विरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ । केहि दिन देखि सुक्रराज अस्पतालमा उपचार गराउँदै आएका व्यक्तिको नमुना परीक्षण गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भएको प्रमाणित गरेको हो।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले प्रमाणित भएको पुष्टी गरेपनि नाम भने सार्वजनिक गर्न नमिल्ने बताए।

तर स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमण देखिएका व्यक्ति चैत ६ गते यूएईबाट नेपाल आएको जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।