लकडाउनका बेला अटेर गर्ने तीनसय बढि सवारी साधन नियन्त्रणमा

लकडाउनका बेला अटेर गर्ने तीनसय बढि सवारी साधन नियन्त्रणमा
बुधबार, चैत्र १२, २०७६

काठमाडौ । कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३ सय २ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

अटेर गरी लकडाउन उल्लंघन गरी सञ्चालन गरेका सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।मंगलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो। सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ।