हुम्लामा खाद्यान्नको अभाव, भारत पुगेकाहरू फर्कने क्रम जारी

हुम्लामा खाद्यान्नको अभाव, भारत पुगेकाहरू फर्कने क्रम जारी
बुधबार, चैत्र १२, २०७६

हुम्ला। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । जसका कारण लकडाउनभर आन्तरिक उडानहरु समेत बन्द छन् । आन्तरिक उडान बन्द भएसँगै हुम्लामा खाद्यान्नको अभाव भएको छ।

हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराइले भनिन्, ‘खाद्यान्नको पर्याप्त स्टक छैन, त्यसैले देशभरी लकडाउन भएपछि यहाँ मुख्य चुनौतिका खाद्यान्नको समस्या भएको छ।’

आन्तरिक उडान बन्द भएपनि अत्यावश्यक सामाग्रीसहित खाद्यान्न ल्याउनका लागि मन्त्रालयसँग पहल गरिरहेको भट्टराईले बताएकी छिन्।

त्यस्तै चीनसँग जोडिएको हुम्लाको उत्तरी नाका केही समयअघि देखि नै बन्द रहेको उनले बताइन् । ‘अन्य नाकाबाट खतरा नभएपनि भारत गएकाहरु सुर्खेतको बाटो हुँदै आउने गरेकाले जोखिम बढेको छ,’ सिडिओ भट्टराइले भनाइ छ ।