अत्यावश्यकबाहेकका सवारी साधनलाइ तेल नदिन आग्रह

अत्यावश्यकबाहेकका सवारी साधनलाइ तेल नदिन आग्रह
बुधबार, चैत्र १२, २०७६

काठमाडौं । ‘नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशन’ले अतिआवश्यकका बाहेकका सवारी साधनलाइ  पेट्रोलियम पदार्थ प्रदान नगर्न आग्रह गरेको छ ।

सरकारको आग्रहअनुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरूलाई आग्रह गरिएको एसोसिएशनले जनाएक१ छ ।

काठमाडौं उपत्यकाभित्रका पम्प सञ्चालकलाई सोही व्यहोराको सूचना पम्पको बाहिर टाँस्न आग्रह गरिएको छ । अत्यावश्यकका लागि काठमाडौं उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र  पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको एसाेसिएसनले जनाएको छ ।