कतार एवरवेजबाट आएका महोत्तरीका ५ जना क्वारेन्टाईनमा

कतार एवरवेजबाट आएका महोत्तरीका ५ जना क्वारेन्टाईनमा
बुधबार, चैत्र १२, २०७६

महोत्तरी । कतार एवरवेजबाट गत  चैत– ७ गते (शुक्रबार) नेपाल आएका यात्रुमध्ये   सम्पर्कमा आएका पाँच जना लाई क्वारेन्टाइनमा राखिएको छ ।

सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये  सम्पर्कमा आएका महोत्तरीका पाँचजनालाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको हो ।

सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य  रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

सोही विमानबाट आएकी एक १९ बर्षिय युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी थालिएको हो ।