प्रधानमन्त्रीको आह्वान,‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस्।’

प्रधानमन्त्रीको आह्वान,‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस्।’
बुधबार, चैत्र १२, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई घरमै बस्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट्मार्फत प्रधानमन्त्री ओलीले नेपाल लकडाउनमा रहेको भन्दै सबै नेपालीलाइ घरमै बस्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमै बस्नुहोस्।’