नेपाल आएका विदेशीलाई आफ्नो देश फर्कन सहजीकरण

नेपाल आएका विदेशीलाई आफ्नो देश फर्कन सहजीकरण
बिहिबार, चैत्र १३, २०७६

काठमाडौं।सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशीलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।

ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बुधबारको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको स्वीकृतिमा नेपालकामा रहेका विदेशीलाई स्वदेश फर्क सहजिकरण गर्ने निर्णय गरेको हो।

नेपालका विभिन्न स्थानमा रहेका बिदेशी नागरिकलाई हवाई उद्धार गरी काठमाडौं ल्याइने छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्कीने ब्यवस्थापन गरिने छ।

सबै स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रमा तेस्रो मुलुक तथा भारतबाट आएका नागरिकहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्न निर्देशन दिएका छन्।

स्थानीय स्वास्थ्य संयोजकले कोरोना भाइरसको लक्षण देखिएमा त्यस्ता ब्यक्तिहरुको विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्दमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउन निर्देशन दिएको छ।